विज्ञान र गणितका शिक्षक अभाव थप चुलिँदै
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १७:२७:५१
३ असोज, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा ४ महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
शीतगङ्गा नगरपालिका–९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन् । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शीतगङ्गा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए । पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्षजनशक्तिको अभाव बढेको उनको भनाइ छ ।
“पहिले विद्यालयमा शिक्षकको कुनै कमी हुदैनथ्यो । तर पछिल्लो समयमा अर्घाखाँचीका विद्यालयले एउटै पदका लागि पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन”, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले भने ।
विष्णुपथ चौपारी आधारभूत विद्यालय शीतगङ्गा नगरपालिका–७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन ।
पाणिनी गाउँपालिका–७ को जनसेवा माध्यमिक विद्यालयले पनि माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि विज्ञापन भए पनि अहिलेसम्म शिक्षक पाएको छैन । पाँच पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाएको प्रधनाध्यापक शालिकराम बेल्वासेले बताए । उनले भने, पाचौं पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिनुभएको छ ।” यसअघि एक जनाले दरखास्त दिएको तर पछि विद्यालय टाढा भयो भनेर नआएको उनको भनाइ छ ।
पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जानेर र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार