आहा ! मनै लोभ्याउने फुङफुङ्गे झरना
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार ११:१:२४
४ असोज, ताप्लेजुङ । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ ।
ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।
यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङ्गे झरनालाई पनि एक हो । झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन् । सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ । स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले बताए ।
केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँ अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताए । बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादानले पनि राम्रो बजार पाउन थालेको छ । झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो ।
फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीनै तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छन् । झरनालाई थप आकर्षक बनाउन चालु आवमा सङ्घीय सरकारबाट रु एक करोड बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताए ।
झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभइ पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजिकै फुङफुङे देवीको पूजास्थल पनि राखिएको छ । यहाँ देवीको पूजा गर्न भक्तजन जाने गर्दछन । झरनाको अवलोकन गर्ने पर्यटकलाई झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।
भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धनका हिसाबले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा जाने सडकको कालोपत्रलगायत भौतिक पूर्वाधारको निमार्णसँगै प्रचारप्रसारमा सबै सरोकारवालाले ध्यान दिनसके बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार
काभा क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्कियो पुलिस
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
असोज ७, २०८१ सोमबार
सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित
असोज ७, २०८१ सोमबार
माल्दिभ्स पठाइदिन्छु भनी ५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ७, २०८१ सोमबार
कास्की अदालतद्वारा छविलाल जोशीलाई हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद
असोज ७, २०८१ सोमबार