नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच घम्साघम्सी
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १४:१५:२८
४ असोज, काठमाडौं । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको छ । शिक्षकहरू प्रहरीको घेरा ताडेर अगाडी बढ्न खोजेपपछि घम्साघम्सी भएको हो । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारी बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।
शिक्षा विधेयकको विरोधमा काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरूले अराजक गतिविधि गरेका छन् । उनीहरूले निषेधित क्षेत्र तोड्नेदेखि सुरक्षाकर्मीको लाठी खोस्नेसम्मका हर्कत गरेका छन् ।
त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् । शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् । हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।
शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।
संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरूले बिहीबार पनि आन्दोलन सुरु गरेका छन् । उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका छन् । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।
महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै आन्दोलन सुरु गरेको हो । गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार