ऐतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सनराइज बैंकले दियो १० लाख
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १२:४३:१०
काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको ऐतिहासिक बाजं पाटीको पुर्णनिर्माणको लागि रु. १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटी बनाउनका लागि सो रकम दिएको हो ।
ललितपुर क्षेत्र नं ३ का माननीय सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा सो रकमको चेक हस्तान्तरण भएकाे हाे ।
उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नयावर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सनराइज बैंक लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार