पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३ औँ वार्षिकोत्सव
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १६:४४:६
५ असोज, काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसले आज ७३ औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालले सात दशकभन्दा पुरानो क्याम्पसको शैक्षिक गुणस्तरका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
“राज्यले शिक्षा क्षेत्रमा यथेष्ट बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको छ”, उनले भने, “विश्वविद्यालयका आवश्यकता परिपूर्तिका लागि हामी पाठ्यक्रमलाई बजारको आवश्यकतासँग जोड्ने गरी काम गरिरहेका छौँ ।” उनले क्याम्पसको शैक्षिक गुणस्तरवृद्धिका लागि सरोकारवाला सबैको सहकार्य जरुरी रहेको बताए ।
बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले आफ्नो विद्यार्थी जीवनको स्मण गर्दै पद्मकन्या बहुमुखी क्याम्पसले अध्ययनशील र जिम्मेवार नेतृत्व गर्न प्रेरणा दिएको बताए । उनले क्याम्पसको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसले आजदेखि ई–लाईब्रेरी र निःशुल्क सेनिटरी प्याडको वितरण सुरु गरेको छ । क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले विद्यार्थी, शिक्षकका साथै कर्मचारीहरूलाई अध्ययन अनुसन्धान कार्यमा सहयोग पुर्याउनका लागि ई–लाइब्रेरी सुरु गरिएको बताए । महिला जागरण र सशक्तीकरणका लागि स्थापना भएको क्याम्पसले शैक्षिक र प्राज्ञिक गतिविधिमा सफलता हासिल गर्दै आएको उनको भनाइ छ ।
उनले भने, “यहाँबाट उत्पादित जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि शैक्षिक गुणस्तर थप अभिवृद्धि गर्दै लैजानु आजको प्रमुख चुनौती हो ।”
क्याम्पस प्रमुख प्रधानले शैक्षिक तथा प्रशासनिक कार्यलाई चुस्तदुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा एमसीए र फेसन डिजाइनिङ कार्यक्रम थप गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार