सडकमा सुतेर शिक्षा विधेयककाे विराेध जनाएका राहत शिक्षकले आज सिठ्ठी फुके
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १४:५४:५७
९ असोज, काठमाडौं । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत सामुदायिक विद्यालयका राहत, पेन्सनबाट वञ्चित र कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले आज माइतीघर मण्डलामा भेला सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् । एक घण्टासम्म सिठी फुकेर विरोध जनाए ।
आन्दोलन गरेको हप्ता दिन बित्दा समेत सरकारले आफूहरुको मागबारे सुनुवाइ नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन सिठ्ठी फुकेको उनीहरुले बताएका छन् । उनीहरुले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए । आज सिठ्ठीको चर्को आवाज सुन्न नसकेर कतिपयले कान समेत थुनेका देखिन्थे ।
सरकारी तथ्यांक अनुसार देशभरमा ३८ हजार २ सय ३८ जना राहत कोटाका शिक्षक छन् । सडकमा ब्यानरसहित धर्ना बसेका उनीहरुले आफूहरुलाई सरकारले नेपाल शिक्षक महासंघसँग गलत सम्झौता गरेर झुक्याएको बताएका छन् । सबै राहत शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायी गर्नुपर्ने, परीक्षामा अनुत्तीर्णहरुलाई उचित रकम दिएर बिदाइको व्यवस्था हुनुपर्ने, सेवा अवधि र उमेर पुगेका शिक्षकलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, बाल शिक्षा (ईसीडी) शिक्षक र विद्यालय सहयोगी (कर्मचारी)को सेवा सुविधान बढाउनुपर्ने लगायत माग उनीहरुको छ ।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ । यही असोज ३ गतेदेखि आन्दोलन चलाइरहेका छन् । महासंघकाे नेतृत्वमा सँगै सडकमा आएका स्थायी शिक्षकहरू भने सम्झाैताबाट माग पूरा भएकाे भन्दै काममा फिर्ता भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार