राजीनामा मागिएकै गृहमन्त्रीसँग चिकित्सकहरु वार्तामा
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १६:१२:४९
९ असोज, काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका चिकित्सकहरुसँग सरकारले वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीले गृहमन्त्रालयमा केहीबेर अघिदेखि वार्ता सुरू गरेकाे हाे । सरकारी वार्ताँ टोलीमा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् ।
वार्तामा आन्दोलनकारी चिकित्सकहरुको तर्फबाट स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि सहभागी छन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू आज सडकमा उत्रिएका छन् । आज माइतीघर मण्डलामा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।
विराेध प्रदर्शनका क्रममा प्रहरीले चिकित्सकहरूमाथि बल समेत प्रयाेग गरेका थिए । त्यसबाट उनीहरू झनै क्रुद्ध बन्दै गृहमन्त्री श्रेष्ठ र स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजीनामा माग गरेका छन् ।
सोमबार पोखराको मणिपाल अस्पतालमा लमजुङबाट ल्याइएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै चिकित्सक, नर्समाथि आक्रमण गरेका थिए । त्यसपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार