डाक्टरहरूका माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १६:१७:३१
१२ असोज, काठमाडौं । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाएर निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिए । उनले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका छन् ।
चिकित्सकमाथि भएको आक्रमण र दुर्व्यवहारका घटनाप्रति समितिले दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । पोखराको मणिपाल अस्पताल र लमजुङका स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकमाथि बिरामीको उपचारका विषयलाई लिएर सेवाग्रहीबाट आक्रमण भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् ।
यसै बीच आजै मात्र गृहसचिव दिनेश भट्टराईले सरकारले सुरक्षाको व्यवस्था गर्ने आश्वसन दिँदै चिकित्सकहरूलाई आन्दोलनबाट फिर्ता हुन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि आन्दोलन फिर्ता लिएर काममा खटिन आग्रह गरेका छन् । उनले अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाका लाति हतियारसहित सुरक्षाकर्मी तैनाथ गरिने आश्वासन समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार