इन्द्रजात्रामा महाकाली नाच [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार ९:२६:३८
१३ असोज, काठमााडौं । मंगलबारदेखि सुरु भएको इन्द्रजात्रामा जिवित देवी कुमारी जिवित देव गणेश र भैरवको रथयात्रा गरियो। विभिन्न देवदेवीको ख्वापा 'मुकुन्डो' लगाएर देवगणहरु काठमाडौंको भित्री शहरमा नृत्य गरिरहेका छन्। वसन्तपुर क्षेत्रमा रथयात्राबीच महाकाली नाच देखाउन सुरु गरिएको छ
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले काठमाडौंको राजकीय पर्व मानिने योयाः पुन्ही अर्थात् ‘इन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ । भक्तपुरको ‘महाकाली प्याखँ’लगायतका समूहले बसन्तपुरमा महाकाली नाच देखाउँछन् ।
महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः 'बाँदर', म्ह्यखा र मयुर गरी १७ देवगणको स्वरुपमा नाच सञ्चालन गरिन्छ । महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् भय, चोरको भय नहुने जनविश्वास रहेको छ ।
नाचका नर्तकहरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित रहेको स्थानीय संस्कृतिविदको भनाई छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शन गरिन्छ । नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
असोज ६, २०८१ आइतबार
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ६, २०८१ आइतबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार