माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार ९:७:४
१४ असोज, माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् । प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स 'पीपीएम' का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् ।
मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेको मानिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन् । जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए ।
यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र मुइजबीच भएको थियो । यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएको थियो। राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो । सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजो दोस्रो पटक निर्वाचन भएको हो ।
राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’
उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार