सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार ११:२०:४८
१४ असोज, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ ।
यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रूपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रूपैयाँको ४० प्रतिशत (१ अर्ब २३ करोड २० हजार रूपैयाँ) को आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रूपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरिएको थियो ।
उक्त शेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम शेयर बाँडफाँट भइसकेको छ ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता पनि बाँडफाँट गरिसकेको छ । अब स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आईपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्म सबै शेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।
सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं ९ मा रहेको छ । कम्पनीको कारखाना स्थल भने दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको छ ।
यो उत्पादनमूलक उद्योग हो । यसले २०६९ सालदे जेठ २८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको कुल लागत ८ अर्ब ७१ करोड रूपैयाँ रहेको छ । यस उद्योगको क्लिंकर २ लाख १३ हजार ३५७ मे.ट. ओपीसी सिमेन्ट १ लाख ७२ हजार ७२ मेट्रिकटन, पीपीसी ५ लाख ४९ हजार ४८० मे.ट. र पीएससी ४९ हजार ९२४ मे.ट उत्पादन क्षमता रहेको छ ।
सोनापुर मिनरल्सको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रूपैयाँ छ । आईपीओ निष्काशनपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात् ३ अर्ब ७ करोड ५० लाख रूपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत हुनेछ । आईपीओ निष्काशनपश्चात कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रूपैयाँ जम्मा हुनेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म सोनापुर मिनरल्सले ५४ करोड ६ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०८१–८२ मा ६८ करोड ६० लाख ७६ हजार रूपैयाँ र आव २०८२–८३ मा ७२ करोड ४२ लाख १९ हजार रूपैयाँ नाफा कमाउने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार