मन्थली विमानस्थल विदेशी पर्यटकहरूले खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १२:५४:५८
१६ असोज, रामेछाप । मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ । बिहान ६ बजेदेखि जहाजहरू उड्छन् । दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन् । विमानस्थल खचाखच हुन्छ ।
रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेका छन् । शरद ऋतुको उडान अन्तर्गत असोज पहिलो सातादेखि मंसिर १५ सम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । यो सिजनमा दैनिक ३ सयदेखि ४ सयसम्म सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक मन्थलीबाट सोलुखुम्बु आउजाउ गर्छन् ।
नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुको असोज पहिलो सातादेखि मंसिर १५ गतेसम्म र वसन्तऋतुको चैतदेखि जेठसम्म सोलुखुम्बु जाने पर्यटकहरूको भीड हुने भएकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जाम कम गर्न मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको उडान गर्ने गरेको छ । यसले गर्दा मन्थली विमानस्थल व्यस्त हुन्छ । विमानस्थल क्षेत्र विदेशी पर्यटकले भरिन्छ ।
काठमाडौंबाट विभिन्न ट्राभल एजेन्सीले पर्यटकहरूलाई काठमाडौंबाट मन्थली विमानस्थल पुर्याएर सोलुखुम्बु उडाउने र सोलुखुम्बुबाट मन्थली विमानस्थल हुँदै काठमाडौंसम्म ल्याउने गर्दछन् । मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि सीता, तारा र समिट एयरले उडान भरिरहेका छन् । मन्थली विमानस्थल क्षेत्र बिहानैदेखि विदेशी पर्यटकले खचाखच भरिए पनि सँगै जोडिएको मन्थली बजार भने सुनसान छ । बजारमा न पर्यटक देखिन्छन्, न होटेलहरू नै बुक भएका छन् ।
पर्यटकहरू मन्थली ल्याउने ट्राभल एजेन्सीहरूले मन्थली बजारमा पर्यटकहरूलाई छिर्नै दिँदैनन् । उडान तालिका लिएर एजेन्सीहरूले काठमाडौं, धुलिखेल, सिन्धुलीको मूलकोट लगायतका स्थानमा ल्याएर पर्यटक राखी सोझै मन्थली विमानस्थल पुर्याएर सोलु उडाउने गर्छन् ।
विमानस्थल सञ्चालनमा आएर दैनिक सयौँ पर्यटकहरू आउजाउ गर्दा पनि त्यसको लाभ मन्थलीका व्यवसायीले लिन पाएका छैनन् । रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठ मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानाको सेवा दिन सकिने बताउँछन् । तर ट्राभल एजेन्सीहरूले मन्थलीमा बस्ने र खाने ठाउँ नै छैन भनेर प्रचार गर्ने गरेको उनको भनाइ छ ।
यही कारणले गर्दा बिहान जहाज चढ्नु पर्ने पर्यटकहरू निन्द्रा माया मारेर रातारात काठमाडौं र धुलिखेलबाट हिँड्नु परेको छ । पर्यटकहरुको बसाइ हुन नपाएपछि मन्थलीका व्यवसायीको भने व्यापार शून्य प्रायः बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
कात्तिक १५, २०८१ बिहिबार
धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति
कात्तिक १४, २०८१ बुधबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार