प्रतिपक्षी दलको नेतालाई संसदमा दुई घण्टासम्म सांसद नै निदाउने गरी बोल्न दिनु उचित भएनः केसी
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १७:२६:२६
१६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पूर्वप्रधानमन्त्री र पूर्व सभामुखहरूलाई संसद बैठकमा जति मन लाग्छ, त्यति बोल्ने समय दिने व्यवस्था गलत भएको बताएका छन् । उनले त्यस्तो नियमबारे संसदले सोच्नुपर्ने बताए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले भने, ‘मैले यहाँ बोल्नुपर्ने कुरा धेरै छन् मनमा, तर समय थोरै छ । मैले पहिले पनि कुरा उठाएको थिएँ, पूर्वप्रधानमन्त्री, पूर्व सभामुखहरूलाई जति बोल्न मन लाग्छ, उति बोल्न दिन मिल्छ ? अरू सबै यहाँ त्यही सुन्न मात्रै आएको हो ? दुई घण्टा बोल्दा नयाँ कुरा के आयो उहाँबाट ? त्यसकारण यसबारे सोच्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको बैठकमा झन्डै २ घण्टा भाषण गरेका थिए । उनले सरकारको काम कारबाही र प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमणको आलोचना गरेका थिए । केसीले फौजदारी अपराध गर्नेहरूलाई सत्ताधारीको सिफारिसमा विभिन्न बहानाबाट राष्ट्रपतिबाट माफी दिने व्यवस्था समेत फेर्नुपर्ने बताए ।
फौजदारी अपराध गर्नेहरूलाई मिनाहा दिएको कुरा अन्त्यन्तै गलत छ । राष्ट्रपतिज्यूले सत्ताधारीको सिफारिसमा जे आउँछ, त्यो मान्नुपर्छ भनेर विवशता प्रकट गर्नुभएको छ, उनले भने, यदि कार्यकारीको सिफारिसले ज्यानमाराले मुक्ति पाउने हो भने अदालत किन चाहियो ? ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार