बझाङमा ३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्पः १३५ घर भत्किए, अधिकांशमा संरचनामा क्षति
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १०:३७:२५
१७ असोज, काठमाडौं । बझाङमा भूकम्प तथा परकम्प जाने क्रम रोकिएपछि के कति क्षति भयो भन्ने कुराको खोजि हुन थालेको छ । विपद व्यवस्थापन समितिको बैठकले क्षति मूल्यांकन गर्ने जनाएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भुकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यस यता १६ घण्टाको बीचमा ४ म्याग्निच्यूडभन्दा माथिका १२ वटा परकम्प गइसकेको छ । ३ म्याग्निच्यूडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको बताइएको छ । ठूलो भूकम्प गइसकेपछि ४÷५ म्याग्निच्युडको परकम्प जानु स्वाभाविक रहेको भूकम्पविद् बताउँछन् । ६.३ म्याग्निच्युडको भूकम्प गइसकेपछि त्योभन्दा ठूलो अर्को भूकम्प फेरि जान सक्छ अथवा के हुन्छ भन्ने चासो बढेको छ ।
बझाङका भूकम्प पीडितहरुको खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरू घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने ।
प्रहरीका अनुसार भुकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्ण रूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् । मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भुकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार बिहानसम्म भुकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् । एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका–११ ओखल घर भएकी अन्दाजी ४०÷४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन सकेको छैन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भुकम्पले भएको क्षति अद्यावधिक गर्ने काम भइरहेको छ । प्रारम्भिक विवरण अनुसार भूकम्प र परकम्पले सदरमुकाम चैनपुरसहितका स्थानमा घर र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । निजी, सरकारी र सार्वजनिक भवनहरु कुनै भत्किएका र कुनै चिरैचिररा परेकाले जोखिमयुक्त छन् ।
अघिल्ला धक्काले कमजोर बनेका घरहरु पटक–पटक आइरहेका परकम्पले कुनै पनि बेला भत्किनसक्ने जोखिम भएकाले घरमा नबस्न प्रशासनले आह्वान गरेको छ । प्रभावितहरुलाई नेपाल विद्युत प्राधिकरणको चौर, जिल्ला प्रशासनको प्रांगण, टुँडिखेल र विद्यालयका चौरहरुमा राखिएको छ । भूकम्पपछि जयपृथ्वी राजमार्गका दुई ठाउँमा सुक्खा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । एक ठाउँको पहिरो पन्छाइए पनि वडा नम्बर ७ को कचली खोला भन्ने स्थानको पहिरो पन्छाउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार