कर्फ्युले गर्दा १५ सय नेपाली जमुनाहा नाकामा अलपत्र
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १३:५०:५१
१७ असोज, नेपालगन्ज । नेपालगन्जमा मंगलबारदेखि लगाइएको कर्फ्युका कारण भारतबाट जमुनाहा नाका भएर आउने धेरै यात्रुहरू नाकामै अलपत्र परेका छन् । नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।
प्रहरीका अनुसार स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ । नेपालगन्ज बुधबार बिहानदेखिको अवस्था भने सामान्य देखिएको छ । अवस्था समान्य भएपनि नाकामा भने धेरै यात्रु अलपत्र छन् । केहीलाई प्रहरीले स्कटिङ गर्दै लएको छ । बजारमा सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताए । प्रहरीले बसपार्कबाट पाँच वटा र आफनो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरूलाई राँझाचोकसम्म पुर्याइँदै छ । अहिले प्रहरीको गाडी कुरेर यात्रुहरू बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे
कात्तिक १८, २०८१ आइतबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार