विराटनगर महानगरको इन्धन खर्चमात्रै २ करोडभन्दा बढी, हरेक वडालाई ५ देखि ८ लाखसम्म विजुली खर्च
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार ११:४१:२१
१७ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन खर्चका लागि भन्दै २ करोडभन्दा बढी रकमको बजेट विनियोजन गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको एकल जोडमा गएको असार १० गते नगर सभामा एकमुस्ट रकमसहित बजेट पारित गरिएको हो । तीन महिनापछि मात्र उक्त शीर्षकमा रकम विनियोजन गरी सार्वजनिक गरेपछि यो रहस्य खुलेको हो ।
महानगरको वेबसाइटमा सार्वजनिक विवरणमा इन्धन खर्चका लागि भन्दै महानगरले २ करोड ५ लाख ८० हजार रूपैयाँ छुट्याएको छ । विभिन्न तीन शीर्षकमा महानगरले इन्धन खर्च विनियोजन गरेको छ । महानगरले पदाधिकारीले खर्च गर्ने इन्धन सुविधाका लागि ७० लाख, महानगरले कार्यालय प्रयोजनका लागि १ करोड २० लाख रकम इन्धन खर्च भनी छुट्याएको छ ।
त्यस्तै ढल निकास परियोजना अन्तरगत सञ्चालित सवारी साधनमा प्रयोग गर्न भन्दै महानगरले छुट्टै शीर्षकमा १५ लाख ८० हजार रूपैयाँ इन्धन खर्च छुट्याएको छ । महानगरले इन्धन शीर्षकमा विनियोजन गरेको बजेट अनुसार सार्वजनिक बिदा बाहेक २७५ कार्य दिनमा हरेक दिन ७४ हजार ८३६ रूपैयाँ इन्धनका लागि मात्र खर्च गर्ने गरी बजेट निर्माण गरेको कुरा थाहा भएको छ ।
यति ठूलो रकम इन्धन खरिदमा नराखौं भन्दा भन्दै पनि महानगर प्रमुख नागेश कोइरालाले जबर्जस्ती गरेको महानगर स्रोतले बताएको छ । यसरी इन्धन खरिदका नाममा मेयर कोइरालाले एकलौटी निर्णय गरेर महानगरबाट इन्धन खरिदका नाममा पछिल्लो समय ब्रम्हलुट नै चल्न थालेको दावी पनि महानगर स्रोतको छ ।
स्रोतका अनुसार इन्धन खर्चमा ठूलो रकम विनियोजन गरेको महानगरले विद्युत खर्चको नाममा समेत विनियोजन गरेको बजेटले झन् धेरै बेथिति सिर्जना गर्न खोजेको देखिएको छ । हरेक वडालाई ५ लाख देखि ८ लाखसम्म बिजुलीका सामान खरिद गर्न रकम उपलब्ध गराएको छ । महानगरका १९ वटा वडाका लागि बिजुलीका सामान खरिद गर्न १ करोड रूपैयाँ भन्दा बढी रकम खर्च गर्ने योजना बनाएको महानगरले विद्युत सम्बन्धी अन्य शीर्षकमा १ करोड ६१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
फेरी अर्को तीर महानगरले सडक बत्तीका लागि ९० लाख, पोलमा लाइन बिस्तार गर्न १० लाख, सोलार बत्ती मर्मत गर्न १० लाख, कार्यालय तथा सभागृह बत्ती मर्मत गर्न ८ लाख, सडक बत्ती मिटर जडान गर्न ५ लाख, जेनरेटर मर्मत, ब्याट्री खरिद गर्न ३ लाख, पानी तथा बिजुली शीर्षकमा थप ३ लाख र विद्यालय विद्युत महसुलका लागि ५ लाख भन्दै छुट्टै रकम विनियोजन गरेको छ । यसरी महानगरले विद्युत प्रयोजनका लागि मात्र २ करोड ६० लाख रूपैयाँ भन्दा बढी रकम खर्च गर्ने योजना बनाएर नगर प्रमुख कोइरालाले व्यापक अनियमितता हुने मार्ग प्रशस्त गरेको दावी महानगर स्रोतकाे छ ।
महानगर प्रमुख कोइरालाको अकर्मण्यताका कारण महानगरले पूर्वाधार विकास तर्फ साना कार्यक्रम बाहेक उल्लेख्य योजना अगाडि सारेको छैन । चालू आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड रूपैयाँको बजेट ल्याएको महानगरले वडास्तरीय योजना बाहेक नगरस्तरीय योजनाहरुमा खासै बजेट विनियोजन गर्न सकेको छैन ।
नगर स्तरीय केही योजनाहरुमा २५ लाखका दरले बजेट विनियोजन गरेको छ । महानगरले वितरणमूखी योजनाहरुमा ५० हजारदेखि २ लाख भित्रका सयौं योजनाहरुमा बजेट छर्ने र मेयरका अगाडि पछाडि कुद्नेहरुलाई खुशी बनाउने गरी कमाउने अवसर दिने जस्ता कार्यक्रम पनि महानगरले आफै सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार