एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार २०:४:५०
१७ असाेज, काठमाडौं । फुटसल एसियन कप छनोट खेल्न मंगोलिया जाने नेपाली टोलीलाई विदाई गरिएको छ । डेढ वर्षयता घरेलु फुटसल लिग समेत नखेलेका नेपाली खेलाडी यही असोज २० देखि २३ गतेसम्म मंगोलियामा हुने एसियन कप छनोट खेल्न त्यसतर्फ जान लागेका हुन् ।
नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेलाडि पलायनका कारण समस्या भएपनि अहिलेको खेलमा केही सुधार हुने अपेक्षा गरिएको जानकारी दिए । ‘लिग नभएको कारणले त्यस्तो राम्रो हुन्छ भन्ने छैन् तर पनि राम्रो तयारी गरिएकाले यसपाली हामी दोस्रो राउण्डमा पुग्छौ भन्ने अपेक्षा छ ।’ उनले भने त्यस्तै कप्तान मणी कुमार लामाले पहिलो पटक कप्तानी गर्न लागेकाले केही नर्भस भएपनि राम्रो गर्नेमा आशाबादी रहेको बताएका छन् ।
उनले भने ‘ हामी फिजिकल रुपमा कमजोर छैनौं । टेक्नीकल केही समस्या भएपनि, अनुभवी खेलाडि नभए पनि युवा खेलाडी भएकाले हामीले राम्रो प्रर्दशन गछौ भन्ने आशा छ । ’छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ ।
नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यस यता एसिया कपका दुई वटा छनोट बाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार