देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार २१:३३:४९
१७ असोज, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा छलफल भएका विषयमा जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको उल्लेख छ ।
परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा परिषद्को सचिवालय सिंहदरबारमा बसेको बैठकमा सुरक्षा चुनौती समाधानका विषयमा छलफल भएको हो । पछिल्ला केही दिनहरूमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरू, विभिन्न प्रदेशहरूको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरू तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा समेत छलफल भयो,’ विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्माको उपस्थिति थियो । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा पनि गरिएको थियो भने राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले मंगलबार बझाङमा गएको भूकम्पबारे छलफल गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् । बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा प्राधिकरणको बैठक आह्वान
प्रधानमन्त्रीले बिहीबार बिहानका लागि प्राधिकरणको आकस्मिक बैठक बोलाएका हुन् । बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे प्राधिकरणको बैठकका एजेन्डा पनि तय गरिएको छ ।
बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःर्स्थापना लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग पनि भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार