विदेश जाने क्रम नरोकिने हो भने अबको २० वर्षमा नेपाल खाली हुन्छः केसी
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १५:३४:१०
१८ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरु अत्याधिक बढेको भन्दै यही स्थिति रहे २० वर्षमा मुलुक रित्तिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे ।
उनले भने, ‘नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न । त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान । सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेण्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’
नेपालका राम्रा डाक्टर, नर्स, शिक्षक सबै विदेश गएको भन्दै केसीले नेपालमा शिक्षादीक्षा लिएकाहरुबाट विदेशीले फाइदा लिइरहेको बताए । ‘हामीले गोहीका आशु बगाएर मात्र हुँदैन, संसदमा विस्तृत छलफल गर्नुपर्छ र यसको निराकरण गर्नुपर्छ । हामीले गोहीका आशु बगाइरहने, मुलुक रित्तो हुने र अरुले आएर शासन गर्ने स्थिति नआओस्’, केसीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार