न्युजिल्यान्डका ४ शहरमा दशैँ धमाका हुँदै
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १३:९:१८
१९ असोज, काठमाडौं । नेपालीहरूको चाडबाड बढेसंगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्यान्डमा 'दशैँ धमाका' कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो न्युजिल्यान्ड । न्युजिल्यान्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्य व्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।
काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरि न्युजिल्यान्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। 'लाखे इभेन्ट'को आयोजनामा रहेको कार्यक्रम 'दशैँ धमाका'लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।
न्युजिल्यान्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरूलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैंमा धमाका गर्नका लागि तयार रहन न्युजिल्यान्डको दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्यान्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।
हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसँग यस पाली दशैं मनाउन नपाउने भएता पनि दर्शकसँग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।
इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्यान्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। न्युजिल्याण्डका विभिन्न ४ वटा शहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार