विश्वकप छनोट : नेपाल र लाओसबीचको खेलको तयारी पूरा
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १७:१२:१०
१९ असोज, काठमाडौं । फिफा विश्वकप–२०२६ को एसियाली छनोटको प्लेअफ अन्तर्गत नेपाल र लाओसबीच हुने खेलको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी असोज २५ गते हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी अगाडि बढाएको जानकारी दिए । फिफा वरियतामा १८६औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्दैछ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अबेटो एनेसको मुख्य प्रशिक्षणमा रहेको २५ सदस्यीय टोली अहिले बन्द प्रशिक्षणमा रहेको एन्फाले बताएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेल हुने दिनको टिकटम दलर साधारण पारपिटतर्फ रु ३ सय र भीआईपीतर्फ ५ सय कायम गरिएको बताइएको छ। खेलको टिकट एन्फा आफैंले व्यवस्थापन गरेर ब्रिकी गर्ने बताइएको छ ।
लाओसको टोली आगामी अक्टोबर ९ मा नेपाल आइपुग्नेछ। प्रशिक्षणका लागि भने च्यासलस्थित रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए। ७३ लाख ६८ हजार ४ सय प्रतियोगिताको अनुमानित बजेट रहेको एन्फाले जनाएको छ।
फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन्। होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ। विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन्। प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार