द्वन्द्वरत इजरायलमा पाँच हजार नेपाली रहेको अुनमान
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १०:३०:५६
२१ असोज, काठमाडौं । प्यालेस्टाइनको चरमपन्थी समूह हमासको आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।
हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो । रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।
एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् । हमासको आक्रमणमा परी इजरायलमा एक फार्ममा काम गर्ने १४ मध्ये ९ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ९ जनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सरकारले जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार अहिले इजरायलमा चारदेखि पाँच हजार नेपाली रहेको अुनमान छ । शनिबार बिहान अचानक प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा रहेका नेपालीको संख्या खोजी हुन थालेको छ । दूतावास आफैँ अहिले त्यहाँ रहेका नेपालीको खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार