स्वास्थ्यमन्त्रीको ढाडसमा कोशी अस्पतालमा सिलवाल र झाको मनपरी, निःशुल्क बेड र औषधीमा समेत ब्रहलुट
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १३:४५:२९
२१ असोज, विराटनगर । नयाँ व्यवस्थापन आएपछि विराटनगरको कोशी अस्पताल थप लथालिङ बन्न थालको छ । अस्पताल आउने विरामीले पहिलेको भन्दा कमसल सेवा र सुविधा पाउन थालेका छन् । अशक्त र असहाय विरामीले पाउने निःशुल्क बेड र औषधीमा समेत शुल्क लिन थालिएको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले केही समय अघि मात्र अस्पतालको व्यवस्थापनमा हेरफेर गरेका थिए ।
अहिले मन्त्री बस्नेतलाई नै असर पर्ने गरी उनैले नियुक्त गरेका अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल र सुपरिटेन्डेन्ट चन्द्रभाल झाले मन्त्रीकै नामबाट अस्पतालमा मनपरीतन्त्र चलाउन थालेका छन् । सञ्चालक समितिको अध्यक्ष र सुपरिटेन्डेन्टले अस्पताललाई सेवामूखी बनाउन कर्मचारीलाई सोही अनुसार परिचालन गर्नुपर्ने हो । तर, उल्टै उनीहरू आएपछि कर्मचारी र चिकित्सक समूहमा नै गुटबन्दी सुरु भएको छ । कर्मचारी र चिकित्सकको लापर्वाही बढिरहेका कारण अस्पताल आउने विरामीहरूले सहि रुपमा उपचार पाउन सकेका छैनन् ।
स्वास्थ्य मन्त्री बस्नेतले गएको वैशाखमा नै सबै सरकारी र निजी अस्पताललाई १० प्रतिशत बेड विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याउन निर्देशन दिएका थिए । स्वास्थ्य मन्त्रालयले सबै सरकारी र निजी अस्पतालमा सर्कुलर नै जारी गरेको थिए । अहिले पनि मन्त्री असहाय र विपन्न परिवारका विरामीले निःशुल्क उपचार पाइरहेको बताइरहेका छन् । तर, सरकारकै लगानीमा संचालित कोशी अस्पतालमा भने यस्ता विरामी र बेडलाई कमाउने भाँडोका रुपमा प्रयोग गर्न थालिएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको परिपत्रमा सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डअनुसार गर्न भनिएको थियो । मन्त्री बस्नेतले पनि ठाउँ ठाउँका भाषणमा आफूले सबै अस्पतालमा गरिबका लागि छुट्टै उपचारको व्यवस्था मिलाएको बताइरहँदा सरकारी अस्पताल कोशीमा समितिका अध्यक्ष सिलवाल र सुपरिटेन्डेन्ट झाको मनपरी छ । नेपाल सञ्चालित सबै स्वास्थ्य संस्थाले उपचारका लागि आउने निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्थालाई धोती लगाउने काम यो अस्पतालमा भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यसरी नियम विपरीत गर्ने कुनै पनि अस्पताल र व्यवस्थापकलाई कारबाही हुन्छ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शैयाको दश प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्नेछ व्यवस्था छ । यसका साथै सोही मापदण्डको दफा ७२ (ट) मा संस्थामा सेवा लिँदा लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएर बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्नेछ ।
कोशीमा बडापत्र अनुसारका कुनै पनि सेवा निःशुल्क छैनन् । अस्पतालको व्यवस्थापनमा सिलवाल र झा आएपछि भएका सुविधा पनि हटाएर शुल्क लिन थालिएको छ । नयाँ नियुक्तिसँगै संघीय सरकारद्वारा सञ्चालित प्रदेशकै ठूलो र सुविधा युक्त अस्पतालमा यति बेला असहायले पाउने सुविधालाई बेचेर अध्यक्ष सिलवाल र झाले आर्थिक स्रोतको बाटो बनाएको अस्पतालकै कर्मचारीहरू बताउँछन् । अस्पताल उनीहरू दुवैको स्वार्थमा जकडिएको छ । कमाउने भाडाे बनाइएको छ ।
अस्पतालका एक कर्मचारीका अनुसार मन्त्री बस्नेतले नियुक्ति गरेका विकास समिति अध्यक्ष डा.फरवार्ड सिलवालले आफनो पदीय हैसियतभन्दा अगाडि बढेर अस्पताल प्रशासन नै चलाउन थालेका छन् । उनले विगतमा विकास समितिले हुनेखाने वर्गलाई अस्पतालको नामबाट औषधी खरिददेखि आफन्तको निःशुल्क उपचार गराएर जथाभावी गरी अस्पताललाई ठूलो आर्थिक भारमा पुर्याएको कर्मचारीको भनाइ छ ।
अस्पताललाई सुधार गर्ने बहानामा आफै आर्थिक चलखेल गर्ने गरेको आरोप उनीमाथि लागिरहेको छ । पदीय अधिकार भन्दा बाहिर गएर अस्पतालका लागि आवश्यक नभएको सामान उनले मेडिकल एशोसिएनको नामबाट एक मेसिन अनुदानमा ल्याउन भन्दै अस्पतालको आर्थिक प्रशासन शाखालाई सहमति दिन व्यापक दवाव दिएको कर्मचारीको भनाइ छ । कोशी अस्पतालको विकास समितिको अध्यक्षबाहेक डा. सिलवाल मेडिकल एसोसिएसन मोरङको अध्यक्षसमेत रहेका छन ।
करिब दुई महिना अगाडि मात्रै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले कोशी अस्पतालको आकस्मिक निरीक्षण गर्दै अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट रविराज सिंहसमेतको उपस्थितिमा अब कोशी अस्पतालमा उपचारारर्थ भर्ना हुने विमारीका लागि बेड चार्च निःशुल्क हुने घोषणा गरेका थिए । मन्त्रीको निर्देशन र घोषणा पश्चात केही समय अस्पताल भर्ना भएका विमारीहरूले उक्त सेवासमेत पाएका थिए ।
मन्त्री काठमाडौं फर्किएपछि अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट देखि विकास समिति अध्यक्षसमेत परिवर्तन भए । परिवर्तन भएपछि अहिले उक्त फ्री बेडको उपचार सेवा नै बन्द भएको पीडित विमारीहरू बताउँछन् । विकास समिति अध्यक्ष डा. सिलवालले आफूलाई फ्री बेड गर्नु भन्ने कुनै निर्देशन नभएको बताउँदै आएका छन् । आफूले मन्त्रीकाे निर्देशन अनुसार फ्री बेडको सुविधा दिन नसक्ने भन्दै विमारीलाई फर्काउने गरेको पीडित बिरामीको गुनासो छ ।
त्यत्ति मात्र नभएर अस्पतालकी मेन्ट्रोन मन्जु यादवलाई अस्पतालमा रहेको सामाजिक सेवा इकाइको थप जिम्मेवारी तोकेर अस्पतालमा कसलाई फ्री गर्ने वा नगर्ने भन्ने अधिकारसमेत अध्यक्ष सिलवालले दिएको बताइन्छ । केही दिन अगाडि दैनिक मजदुरी गर्दै जीविका चलाउने विराटनगर महानगरपालिका वडा नम्बर १९ का लाली ऋसी देव उपचारका लागि कोशी अस्पतालमा भर्ना भएकी थिइन । उनले अस्पताल प्रशासनदेखि मेसु र अस्पताल अध्यक्ष समेतलाई फ्री बेड गरी दिनका लागि हारगुहार गर्दासमेत आफूलाई अस्पतालले नदिएको बताइन् ।
सप्तरी जिल्लाबाट कोशी अस्पतालमा उपचार गर्न आएकी अस्मिता देवी रायलाई मेन्ट्रोन मन्जु यादवले चिकित्सकले सिफारिससमेत नगरेको अवस्थामा आफ्नै खुशीले सामाजिक सुरक्षा इकाइबाट ७५ प्रतिशत फ्री गरेको प्रमाण अस्पताल कर्मचारीले नै सार्वजनिक गरेका छन । यो प्रकरणसँगै संघीय सरकारबाट नियुक्ति भएका अध्यक्ष डा. सिलवाल छोटो अवधि विवादित बन्न पुगेका छन् । पछिल्लो समय अस्पतालभित्र हुँदै आएका संस्थागत आर्थिक अनियमितताहरूमा समेत डा. सिलवाल जोडिन थालका छन् ।
विकास समिति अध्यक्षबाट अस्पताल प्रशासनले दैनिक नियमित अस्पताल सञ्चालन गरेको छ वा छैन निरीक्षण गरी निर्देशन दिनुपर्ने हुन्छ । तर विकास समितिको अधिकार भन्दा बाहिर गएर अध्यक्ष सिलवाल अस्पतालमा हस्तक्षेपकारी भुमिकामा सक्रिय रहेको चिकित्सकहरुले बताएका छन् । त्यसै गरी मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झा र अध्यक्ष डा. सिलवालले मेन्ट्रोन मन्जु यादवलाई अस्पतालमा हाजिर गरेपछि अन्यत्रै ट्रेडिङमा पठाएको गुनासो पनि आउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार