शेखरको नेतृत्वमा सरकार किन आवश्यक ?
नेपालबहस संवाददाता
असोज २३, २०८० मंगलबार १४:८:५४
देशको अर्थतन्त्र झनझन कमजोर र धरासायी बन्दै गइरहेको छ । देशमा शुसासन, राजनीतिक स्थायित्व र विकास अब एकादेशको कथा जस्तै भएको छ । जनतामा देखिएको चरम निरासा घटनेभन्दा पनि निरन्तर गुणात्मक रुपले बढने क्रममा देखिन्छ । जनता निराशाको अध्यारोमा रुमल्लिएर अब कता र कुन बाटोबाट बाहिर निस्कने भन्ने रणभुल्लमा परेका देखिन्छन् । भ्रष्टाचार र बेथितिका चाँङलाई छिचोलेर अगाडि बढने आँट र शाहस स्वयं सरकारले गर्न सकेको देखिदैन । यस्तो चरम बेथितिको राजनीति नेपाली जनताले यो भन्दा अगाडि कहिल्यै बेहोरेका थिएनन् । विगतका नेतृत्वले जनतालाई बर्तमान सरकारले जस्तो कहिल्यै दुःख पनि दिएनन् ।
देशका नेता भनाउँदाहरुनै भ्रष्टाचारमा लिप्त छन् । जताततै महङ्गी र कालोबजारी ब्याप्त छ, यो कुरा सवलाई थाहा छ । महंगीले गगन चुमीसकेको छ, आँखा अगाडि झल्झल्ति देखिन्छ । देश चलाउने नेताले देशको शिक्षा, स्वास्थ्य लगायतको ब्यापारीकरणमा लाग्नाले जनताले नेतृत्ववाट राहत अनुभूति गर्न छोडिसकेका छन् । नेताहरु उद्योग कलकारखाना खोल्नेभन्दा म्यानपावर खोलेर पैसा कमाउन र जनतालाई बिदेशीको नोकर बनाउन उद्धयत छन् । देशको सिमाना बेच्नेदेखि नेपाली जनतालाई शरणार्थी बनाएर रकम अशुल्ने काण्डमा देशका बरिष्ठ राजनीतिज्ञहरु नै मुछिएका छन् । तस्करको लामो सुचीमा सर्वसाधारण नागरिकको नभई देशको नेतृत्व सम्हालीसकेका नेताहरुकै नाम उल्लेख भएको देखिन्छ । यस्ता नेतृत्वबाट खै कस्तो सुसासन र विकासको आशा गर्न सकिन्छ ?
जनतालाई न्याय, सुसासन र बिकासको प्रत्याभूति दिलाउन सक्ने कुनै दर्बिलो आधार पनि बर्तमान सरकारसँग अब रहेन भन्ने प्रष्ट रुपमा बुझिसकिएको छ । ज्यानमारा अपराधीहरुले आम माफी पाउन थालेपछि मारिएका परिवारका सदस्यले न्याय माग्न कहाँ जानू ? कुनै भरपर्दो ठाउँ पनि बाँकी रहेन । बिद्यार्थी, युवा तथा प्रौढ जनताको निरन्तरताको बिदेश पलायनले देश युवा रहित खण्डहरमा परिणत हुदै गइरहेको छ । नेतालाई क्विन्टलका क्विन्टल सुन लुकाउन धौधौ परिरहेको छ । यता देशभित्र रहेका आम नागरिकलाई दुई छाक हात मुख जोर्न समेत धौधौ परिरहेको छ । देशको यस्तो जर्जर अवस्थामा जनताका लागि राजनीति गर्छु भनेर हिडेका इमानदार राजनीतिज्ञले समेत गम्भीर भएर सोच्न आवश्यक भैसकेको छ ।
लामो समयको राजनीतिक विश्लेषण र दलीय अभ्यासको बिषयमा कलम र थुतुनु दुबै चलाउँदा पनि राजनीति सग्लिनुको सट्टा झनझन फोहोर बन्दै गएपछि केही कठोर निर्णय लिनु आवश्यक ठान्दछु । यसैले यी देश लुटने अपराधी र भ्रष्टका भकारीको जयजयकार गर्नुभन्दा बेदाग ब्यक्तिको पक्षमा कलम चलाउनु आफ्नो कर्तव्य मान्छु । झोला बोकेर जनताको बिश्वासको बिस्कुन सुकाएर भट्टीमा भ्रष्ट र अपराधीहरुको सोमरस तान्न जाने अवसरवादीहरुका चंगुलबाट राजनीतिलाई बाहिर निकाल्न अर्को ठुलो बिद्रोह नै गर्नुपर्छ भन्ने मेरो ठम्याई छ ।
देश कुसासनको कहालिलाग्दो भड्खालोमा पसिसकेको छ । देशलाई सुसासनको बाटोमा हिडाउन निक्कै शाहसिक नेतृत्वको आवश्यकता खटकिसकेको छ । यस्तो अवस्थामा आम नेपाली जनताले दृढ र शाहसिक शंकल्प गर्न आवश्यक ठान्दछु । त्यसैले अब ढिलो नगरी हामीले दल भित्र र दल बाहिर कठोर निर्णय गर्न ढिलो गर्नु हुदैन ।
अहिले देशमा बिद्यमान राजनीतिक ब्यवस्थालाई चारैतिरबाट बदनाम गराउन खोजिदैछ । लोकतन्त्रको कछाड खुस्काउन स्वयं लोकतन्त्रबादीहरु नै लागि परेका छन् । भ्रष्ट र अपराधीहरु लोकतन्त्रलाई बदनाम गराएर आफू सेफलेण्डिङ्ग हुन खोजिरहेका छन् । अपराधीका नाईकेहरु सत्तामा रहेर जनताका काम गर्नुभन्दा देश लुटेर जनता लाई भिखारी बनाउन उद्ध्त बनिरहेका छन् । शुसासन देशबाट बसाइँ सरेर गएको दशकौ भैसक्यो । देश भ्रष्ट र अपराधीहरुको कब्जामा गैसक्यो ।
देशलाई भ्रष्ट र अपराधीको चंगुलबाट छुटाएर देशमा राजनीतिक स्थायित्व र द्रुततर बिकासका लागि डा. शेखर कोइरालाको नेतृत्वमा सरकार गठन गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि कांग्रस सभापति शेरबहादुर देउवाले पनि बोल्ड निर्णय गर्न आवश्यक छ । नेपाली कांग्रेस बचाउने र जनतामा नेपाली कांग्रेस प्रतिको बितृष्णा फर्काउने योभन्दा उपयुक्त र भरपर्दो आधार नेपाली कांग्रेसमा अर्को कुनै बाटो पनि बाँकी रहेको देखिदैन ।
राजनीतिक दलका नेताहरु नै ठेकेदारी ब्यवसायका नाइके भएका छन् । स्थानीय निकाय जनताबाट कर असुलेर पार्टीका कार्यकर्ता पाल्न पैसा बाड्नमै ब्यस्त छन् । जनताले खाइनखाई तिरिदिएको करबाट बनेको यिनका बिकास बजेट केवल पार्टीका कार्यकर्तालाई पाल्न समेत धौधौ भैसक्यो । यस्तो अवस्थामा यिनिहरुलाई ताली पडकाउने हैन लाठी बर्साउने समय आइसक्यो ।
देश बनाउने संकल्प लिएका लाखौ नेपालीहरु अशल नेतृत्वको पर्खाइमा छन् । केहिथान भ्रष्ट र अपराधीलाई ब्यवस्थापन गर्न सक्ने नेतृत्व आइदेओस् भन्ने व्यग्र पर्खाइमा छन् । देशमा देखिएका भदौरे च्याउजस्ता नयाँ राजनीतिक दलहरुको केटाकेटीपनले देशलाई सार्थक निकास दिन सक्ने अवस्था पनि देखिदैन । केही राजनीतिज्ञहरु डा. शेखरमा डेसिङ पावर कम छ भनेर तर्क गर्ने गर्दछन् । अपराधीहरुको बोलाबाला भएको बर्तमान अवस्थामा डा. शेखर कोइराजस्ता इमानदार जनपृय नेताको बोली मधुर सुनिनु सामान्य कुरा हो । दानवहरुको राज भएको समयमा भगवानहरु समेत गुप्तबास बस्नुपरेको कथा हाम्रै धर्मग्रन्थले बताइरहदा बर्तमान नेपाली राजनीतिमा र जनताका पृय नेता डा. शेखर कोइरालामा यो कुरा झनै सार्थक बन्दै गैरहेको देखिन्छ ।
त्यसैले यो या त्यो को राजनीतिक आवरणमा भन्दा पनि देशमा एउटा अशल र साझा अभिभावकको खोजी गर्नु अहिलेको आवश्यकता रहेको छ । अराजक र उद्दण्डताका मुर्कुटाहरु सल्वलाउन थालेपछि यसको दीर्घकालीन निराकरणका लागि उपचारको ब्यवस्था मिलाउन आवश्यक भैसकेको छ । यसका लागि निस्वार्थ, जनताप्रति ईमानदार, कुशल संगठनकर्ता, देश बिकासको खाका बोकेको, जनताको सुखदुःख बुझेको, जनताका समस्या बुझ्न जनताकै घरआँगनमा पुनेको नेतृत्वको रुपमा डा. शेखर कोइरालालाई लिन थालिएको छ । जब डा. शेखरलाई नेतृत्वमा पुर्याउने वातावरण तैयार हुन्छ तब यस्ता ठुला स्वर र लामा हात गर्नेहरूको अधोगती आफै शुरुहुन्छ ।
नेपाली कांग्रेस विधि बिधान र अनुसासनको जगमा उभिएको पार्टी हो । बर्तमानका टाउकेहरुलाई नेतृत्वमा स्थापित गराउने अग्रजहरुलाई चटक्कै भुलेर आज यिनिहरुले जुन ताण्डव देखाइरहेका छन् त्यसको अन्त्य डा. शेखर कोइरालाको नेतृत्वमा सरकार गठनसँगै अन्त्य हुनेछ । बदनाम नेतृत्वलाई बिस्थापित गराउँदै बेदाग नेतृत्वलाई स्थापित गराउन अब पर्खने समय पनि रहेन ।
कांग्रेसको जगमा पद हत्याउने र माओबादीको खेतालाको रुपमा काम गर्ने नेताहरुलाई कांग्रेस पार्टीका तमाम कार्यकर्ताहरुले चिनिसकेका छन् । यी फोहोरका डंगुरहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा पनि कांग्रेसका ईमानदार कार्यकर्ताले अठोट लिईसकेका छन् । अब यिनिहरु सुधार्न सकिने अवस्था भन्दा बाहिर गैसकेका छन् । अबको निकास भनेको बिकृत राजनीतिलाई बिस्थापित गरेर इमानदार राजनीतिको स्थापना गर्नु नै हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार