आर्थिक क्षेत्रमा काम गर्ने उच्चस्तरीय संयन्त्र बन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १२:५४:१०
२५ असोज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री नेपाल फकिएपछि संयन्त्र बन्ने बताए ।
प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन आफू सहमत रहेको र यसका लागि सरकारमा रहेका पक्षसँग गरी अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुने गरी यस्तो संयन्त्र बनाइने बताए ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेशन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने बताए । प्रचण्डले आर्थिक क्षेत्रमा रिफर्म ल्याउन उच्चस्तरीय वैधानिक आयोग बनाउन आफू सकारात्मक भएको बताए ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो प्रस्ताव गरेका थिए । अहिलेको कानुन तथा ऐन नियमले अर्थतन्त्रमा सुधार गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सुधारका लागि आफू तयार रहेको बताए ।
उनले भने, ‘एउटा उच्चस्तरीय आयोग तथा उच्चस्तरीय कुनै समिति संयन्त्र, जसको वैधानिक आधिकारिकता होस् । त्यसले गरेको निर्णय कार्यान्वयनतिर जान सकोस् भनेर जुन प्रस्ताव गर्नु भएको छ । निजी क्षेत्रले त्यसलाई समर्थत गर्नुभयो । म त्यसलाई समर्थन गर्छु । यहीँबाट सुरू हुन सक्छ । अर्थतन्त्रमा भएको दबाब समस्याको समाधानको प्रक्रिया त्यहीँ विन्दुबाट हुन सक्छ । निजी क्षेत्रको पनि सक्रिय सहभागिता त्यस्तै संयन्त्रमा हुन सक्छ । त्यसबाट हामीले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सक्छौँ ।’
अर्थमन्त्री डा. प्रकाशशरण महत आएपछि यो संयन्त्र बनाउने पनि उनले बताए । विश्वासको वातावरण बनाउन पनि यो आवश्यक परेको उनले बताए । प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न अबका नीति तथा कार्यक्रम बनाउँदा ‘बोल्ड डिसिजन’ गर्ने बताए ।
हामी टालटुले सामान्य कुराले अहिलेको समाधान दिगो रूपमा गर्न सम्भव छैन, उनले भने, ‘हामीले यो विषयमा सोच्नुपर्ने छ । त्यसो गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो छ । हामीले आठ÷नौ महिना सुधार गर्न बल त गरियो । वित्तीय र मौद्रिक नीति मिलाउन निकै तालमेल पनि भयो ।’
बैंकको ब्याज घटाउने केही कोसिस पनि भएको उनले बताए । त्यो एउटा सामान्य सुधार मात्र भएको उनको भनाइ छ । अन्य क्षेत्रमा केही सुधार भएको भए पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार