राष्ट्रसंघका महासचिव कहिले आउँदैछन् नेपाल ?
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:१५:५
२६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन्। इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय भएको हो।
गुटेरेस आउँदो कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए।
यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा संबोधन गर्ने कार्यसूचि थियो। तर, इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए
राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने भएको छ।
राष्ट्रसंघको ७८औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
करम पूजामा सार्वजनिक बिदा दिने निर्णय
भदौ ३१, २०८१ सोमबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
म्यान्मामा बाढीका कारण करीब तीन सय जनाको मृत्यु, ८९ बेपत्ता
असोज ४, २०८१ शुक्रबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
अमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार