‘राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापनाका लागि समाजवादी मोर्चा बनेको हो’
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १७:५६:५४
२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अनिल शर्माले राष्ट्रिय स्वाधीनता कायम गर्न र समाजवाद स्थापनाको लागि समाजवादी मोर्चा गठन भएको बताएका छन् ।
समाजवादी मोर्चा मोरङको घोषणा र सन्देश सभालाई सम्बोधन गर्दै नेता शर्माले विकासका नाममा हुने विदेश हस्तक्षेप रोक्ने काम मोर्चाले मात्र गर्न सक्ने बताए । उनले सरकारले काम समाजवादी प्रकृतिको नभएको र उदारवादको दबदबाका कारण देशको आर्थिक अवस्था चौपट हुने अवस्थामा पुगेको बताए । स्वाधिनता र समाजवादले मात्र राष्ट्रियता बलियो हुने र त्यसनिम्ति सबै देशभक्त नागरिक एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
नेपाली समाजको समाजवादसम्मको यात्रा तय गर्न हरप्रकार संघर्षको नेतृत्व गर्न मोर्चा तयार रहेको उनले बताए । मोर्चामा सबै राजनीतिक दलभित्रका देशभक्तहरु सामेल हुन समेत उनले अपिल गरे । नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित मोर्चा दुई महिना पहिले गठन भएको हो । मोर्चाले सात वटै प्रदेशमा सन्देशसभा गरिसकेको छ । पछिल्लो चरणमा नेकपा एक्लैले जिल्ला स्तरमा समेत सन्देशसभा गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार