नेपाल भाषा र साहित्यको प्रचारमा उपत्यकाव्यापी साइकल र्याली
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १६:०:४७
२७ असोज, भक्तपुर । नेपाल भाषा र साहित्यको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी साइकल र्याली निकालिएको छ । भक्तपुरको ल्यसिङ्ख्यलमा आगामी कात्तिक ९ र १० गते हुने ४३ औँ नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने आयोजना गरिएको र्यालीको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर उद्घाटन गरेका हुन् ।
नेपाल भाषा साहित्यको क्षेत्रमा ‘जनता म्वाःसा भाषा म्वाइ’ भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्देश्यले ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
साइकल र्याली भक्तपुरको ल्यसिङ्ख्यबाट सुरु भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, चङ्गा गणेश, राधेराधे, शङ्खधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमि, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, सहिदगेट, न्युरोड गेट, वसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पाटन ध्वाका हुँदै न्याखचुक पुगी नेवाःसमयबजी खाने कार्यक्रम रहेको छ ।
त्यसपछि साइकल र्याली न्याखचुकबाट पाटन, बङ्गलामुखी, स्वथा, मङ्गलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सूर्यविनायक, राममन्दिर, गःहिती हुँदै ४० किलोमिटरको यात्रा पार गरी पुनःसाँझसम्म ल्यसिङ्ख्यमा पुगेर समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, धमाधम फाइल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार