कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:१८:१४
२९ असोज काठमाडौं । मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । यस प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै प्रदेशसभाको बैठक १ गते बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जानकारी दिएका छन् ।
उक्त बैठक चौथो अधिवेशनको तेस्रो हुने सूचनामा जनाइएको छ । प्रदेशसभाको बैठक यही असोज २० मा स्थगित भएको थियो । उक्त बैठकका कार्यसूची भने सार्वजनिक भइसकेको छैन । तर बैठक बस्नेबारे सूचनामार्फत प्रदेशसभा सदस्यहरूलाइ जानकारी दिइएकाे छ ।
बैठकमा एमालेको समर्थनमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत लिने कार्यसूची तय संभावना रहेको बताइएको छ । कार्की यही असोज २५ गते एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार