कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ सेवा
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १८:१३:६
४ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरू मार्फत करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।
बैंकको स्थापनाकाल देखिनै यस बैंकले कर्णाली प्रदेशको बैंकिङ विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
यसका साथै सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमका विच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णाली वासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।
साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरूसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सबैलाई निर्देशन दिए। बैंकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्त्व अन्तर्गत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार