नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने, कारण यस्तो छ !
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार ०:३४:३१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दे कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने बताए । सरकारको अधिनायकवाद देखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा कांग्रेसको रहेको छ ।
यसैगरी, निर्मला पन्तलगायतका घटनाको छानविन, विपदमा क्षति भएकाको पुर्नस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतको कुरा जागरण अभियानमा उठाइने कांग्रेसले जनाएको छ ।
जागरण अभियानको पहिलो चरण ११ वैशाखदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुनेछ । केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने शर्माले बताए ।
यसैगरी बीपी जयन्तीबाट सुरु हुने दोस्रो चरणको अभियान १५ दिनसम्म चल्ने छ भने तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुनेछ । उक्त निकायहरुमा १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ ।
अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुराना नेताहरुको खोधीखोजी समेत गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
पत्रकार सम्मेलनका काग्रेस उपसभापति बिमलेन्द्र निधिले कांग्रेसप्रति जनताकोविश्वास बढाउन पनि अभियान महत्वपूर्ण हुने धारणा राखे । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।
जागरण अभियान अन्र्तगत पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम पनि चलाउने कांग्रेसले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा औषधि अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार