चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ८:३७:२२
११ कात्तिक, म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दशैं, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।
युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
“आठ वटा वडा रहेको हाम्रो रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादशैंको अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ”, उनले भने, “मेलापर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ ।”
रघुगङ्गा गाउँपालिका–१ को बादुक भूमे युवा क्लबले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौढ भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताका साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा 'खम्बिर', गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वप्रदेश सांसद विनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गरे ।
सोही अवसरमा गण्डकी प्रदेश सरकारको रु दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुनःनिर्माण भएको बादुक खेलमैदान, सिङ्गापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइवर बोर्डको पनि उद्घाटन गरिएको थियो ।
बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताका विजेतालाई रु एक लाख १५ हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको वडा नम्बर २ भगवतीमा बडादशैंको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि रु एक लाखभन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दशैं मेला सकिएको थियो ।
मालिका–२ रुममा भलिबल र वडा नम्बर ५ को देवीस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देवीस्थानको फुटबल प्रतियोगिताका विजेतालाई पनि रु एक लाख राशिको पुरस्कार राखिएको छ ।
सहर बजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवायुवती, विदेशबाट आएका प्रवासी र नेपालकै विभिन्न स्थानमा विविध पेसा र जागिरमा रहेका चाडपर्वको बिदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लबका लोकेन्द्र गर्बुजाले बताए। मेलामा स्थानीय मौलिक गीत र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुर्ख्यौली गीतमा नृत्य गर्ने गर्दछन् ।
बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए । ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने उनीहरूले बताए ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्टान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा विसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरू पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएर माथि पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार