यस्तो छ राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण तालिका ?
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ११:२७:१५
११ कात्तिक, काठमाडौं । आइतबार राती ११ बजे नेपाल आइ पुग्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबारदेखि औपचारिक भेटवार्ता सुरु गर्ने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिका तय गरेका छन् ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्यलगायत नेपाल भ्रमणका मुख्य एजेन्डा रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् ।
गुटेरेसले सोमाबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुने परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।
सोमबार नै महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम राखिएको छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने मन्त्री साउदले जानकारी दिए ।
यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जाने र लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसदकै परिसरमा पत्रकार सम्मेलन आयोजना गरिनेछ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चार दिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
महासचिव गुटेरेसको भ्रमणमा नेपालका सुरक्षाकर्मीहरूले यूएन मातहत रहेर संसारका द्वन्द्वग्रत मुलुकमा पुर्याउँदै आएको शान्ति स्थापनाका बारेमा पनि चर्चा हुनेछ । नेपालले सन् १९५८ देखि विश्वमा शान्ति स्थापनाका लागि योगदान गर्दै आइरहेको छ । नेपाल अहिले संख्याको हिसाबमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकमा विश्वमै दोस्रो नम्बरमा रहेको छ ।
महासचिव गुटेरेसलाई नेपाली शान्ति सैनिकको सम्बन्धमा पनि नेपाल भ्रमणमा जानकारी गराइनेछ । त्यसले नेपालले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र यूएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीहरूलाई पुग्नका लागि सहज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार