राष्ट्रसंघका महासचिव गुटरेससँग भेटवार्ता गरेका परराष्ट्रमन्त्री एनपी साउद आजै अमेरिका जाँदै
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १४:३४:२३
१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका गुटरेस र मन्त्री साउदबीच आइतबार भेटवार्ता भएको हो ।
गुटरेस र परराष्ट्रमन्त्री साउदबीच सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रीसँगका भेटजवार्तापछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि सिंहदरवारमै महासचिव गुटरेसले भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि महाहसचिव गुटरेसले आइतबार अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।
भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् ।
यसैबीच परराष्ट्रमन्त्री एनपी साउद आज अमेरिका जाँदै छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता सकिएपछि उनी अमेरिका प्रस्थान गर्ने भएका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले यही अक्टोबर ३० मा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग वासिङटन डीसीमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा परराष्ट्रमन्त्री साउदले अन्तर्राष्ट्रिय विकासका निमित अमेरिकी नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइट र अमेरिकी सरकारका अरू उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकामा रहँदा उनी युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी)मा आयोजना गरिने अन्तरक्रिया कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार