तीन महिनामा ३ खर्ब ६६ अर्ब पुग्यो व्यापार घाटाः ४ खर्ब ७ अर्बको आयात, ४० अर्ब ७५ करोडको निर्यात
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १६:४३:२८
१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।
सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ४ खर्ब ९९ करोडको वस्तु आयात गरिएको थियो । आयात १.६९ प्रतिशतले बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २९ अर्ब रुपैयाँको डिजेल, १७ अर्बको पेट्रोल, ११ अर्बको एलपीजी ग्यास आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २ अर्बको गलैंचा, १ अर्बको फलामजन्य वस्तु, १ अर्बको अलैंची निर्यात भएको छ ।
चालु आर्थिक वर्षको तीन महिनमा साढे ११ अर्ब रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात गरिएको छ । भन्सार विभागको तथ्यांकानुसार चालु आवको साउन, भदौ र असोजमा ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँबराबरको ग्यास आयात गरिएको हो ।
यो अवधिमा १३ करोड २५ लाख ७७ हजार ६८६ किलोग्राम एलपीजी ग्यास आयात गरिएको छ । त्यसबापत सरकारले दुई अर्ब १६ करोड ९० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा अर्थ मन्त्रालयले १ खर्ब ४५ अर्ब ८ करोड रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य पाएको थियो ।
अर्थ मन्त्रालयले प्रत्येक महिनाको भन्सार राजश्व संकलन लक्ष्य तय गर्दा असोज महिनासम्ममा उक्त परिणामको राजश्व संकलनको लक्ष्य लिएको थियो । तर, यस अवधिसम्ममा लक्ष्यको ७४.९५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।
असोज महिनासम्मको अवधिमा विभागले १ खर्ब ८ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो लक्ष्यको करिब ७५ प्रतिशत हो । आयात खुम्चिँदै जाँदा राजश्व संकलनको लक्ष्य प्रभावित परेको थियो । ‘अघिल्लो वर्षको दसैँ असोज महिनामा परेको थियो । जसकारण, भदौ महिनामै आयात भएको थिया । यो वर्ष असोजमा बजार पूर्ण चहलपलह रह्यो । सोही कारण आयातमा सामान्य वृद्धि भएको हुन सक्छ ।’
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक १२ गतेसम्मको अवधिमा २ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो लक्ष्यको १६ प्रतिशत हो । चालू आर्थिक वर्षमा राज्यले कूल १४ खर्ब ७२ अर्ब राजश्व (कर, अनुदान र अन्य आम्दानी) संकलनको लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षलाई विनियोजित १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट मध्ये ३ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ खर्च भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार