आर्थिक मन्दीमा बैंकः ८ वटाले कमाए, ११ ले गुमाए
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १२:४०:५२
१७ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पनि आर्थिक मन्दीको असर देखिएको छ । असोज महिनाको बैंकहरुको वित्तीय विवरण अनुसार केही बैंकले मुनाफामा कमाएका छन भने केहीले गुमाएका छन् । असोजमा अधिकांश वाणिज्य बैंकको मुनाफा घटेको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार धेरै बैंकको मुनाफा घटेको छ ।
आल २० वटा बाणिज्य बैंकहरु सञ्चालनमा छन् । जसमध्ये ८ वटा बैंकको मुनाफा बढेको छ भने ११ वटाको घटेको छ । असोज मसान्तसम्म बैंकहरुको कुल मुनाफा १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रूपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रूपैयाँ थियो ।
असोज मसान्तसम्ममा ग्लोबल आईएमइ बैंक ३.०४, माछापुच्छ्रे बैंकको २०.१८ प्रतिशत, प्राइम बैंक ३१.७२, एनएमबि बैंक ६.५३, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३३.४६, हिमालयन बैंक ९८.३५ स्ट्यान्डर्ड चार्टर्डको २ प्रतिशत र प्रभु बैंकको मुनाफा ४६.६९ प्रतिशतले बढेको छ ।
यसै गरी, एभरेष्ट ९.४४, राष्ट्रिय वाणिज्य बैंक ३१.०३, लक्ष्मी सनराइज बैंक ७९.५३, सानिमा बैंक ११.९१, नेपाल बैंक ७६.४३, नबिल बैंक ६.५०, नेपाल एसबिआई २३.६१, सिटिजन्स बैंक १९.७०, एनआईसी एशिया बैंक ४२.४८, कुमारी बैंक ७३.६४ र सिद्धार्थ बैंकको मुनाफा ९१.३९ प्रतिशतले घटेको छ ।
नबिल बैंक लिमिटेडको खुद मुनाफा घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.५१ प्रतिशतले घटेको छ । बैंकको मुनाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ २९ पैसाले घटेको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
यस्तै पाँच वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । आधा दर्जन वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ । गत असारसम्मको तथ्याङक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, कुमारी, प्राइम र प्रभु बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि पुगेको छ ।
गत असारसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जाको अंश ४.३५, हिमालयन बैंकको ४.५६, कुमारी बैंकको ४.७७, प्राइम कमर्सियल बैंकको ४.२३ र प्रभु बैंकको ४.१६ प्रतिशत रहेको छ । खराब कर्जा ४ प्रतिशत भन्दा माथि हुने सबै बैंकहरु मर्जरमा गएका थिए ।
उल्लेखित बैंकहरुको खराब कर्जालाई रकममा हेर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १३ अर्ब ७४ करोड, हिमालयन बैंकको ११ अर्ब ६ करोड, कुमारी बैंकको १३ अर्ब ७३ करोड, प्राइम बैंकको ६ अर्ब ८९ करोड र प्रभु बैंकको १० अर्ब रूपैयाँ बरावरको निष्क्रिय कर्जा रहेको छ ।
वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा पनि करिब ३ गुणाले बढेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत असारसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेको थियो । अघिल्लो आव २०७८/२०७९ असार अन्तिमसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा १.२० थियो ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । कुल कर्जामा खराब कर्जाको औसत अंश २.९८ प्रतिशतका आधारमा बैंकहरुको एक खर्ब २७ अर्ब ८६ करोड रूपैयाँ बराबरको कर्जा लगानी जोखिममा परेको हो । गत आर्थिक वर्षमा सरकारी लगानी रहेका भन्दा निजी क्षेत्रका बैंकहरुको औसत खराब कर्जा धेरै छ । गत आवमा सरकारी बैंकहरुको औसत खराब कर्जा २.७८ प्रतिशत छ । त्यसैगरी निजी क्षेत्रका बैंकहरुको औसत खराब ३.०१ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार