एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १७:३४:२५
१७ कात्तिक, काठमाडौं । फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्। आचार्यलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे।
काठमाडौंको सिनामंगलमा जन्मेका आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए। उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए। चार्टड एकाउन्टेन्ट समेत रहेका उनी लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए।
एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रुप दिनानुदिन ठुलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पुर्याउने छु, यसका लागि म खुशी छु।’ एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो। जुन १९ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ।
कम्पनीले हाल एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। एफवान सफ्ट कम्पनी अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसपोर्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
साउन १०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार
सकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार
अब पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन पाइने
भदौ २६, २०८१ बुधबार