राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १७:४१:११
१७ वैशाख, झापा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले देशमा सबैभन्दा पहिले राजनीतिक स्थायित्व कायम गर्न आवश्यक भएको बताएका छन् । उनले राजनीतिक स्थायित्व नभएसम्म देशभित्र गरिने कुनै पनि राम्रा कामको नतिजा राम्रो आउन नसक्ने बताएका छन् । अस्थिर राजनीतिका कारण अहिले गरिएको लगानी सम्मेलनबाट पनि अपेक्षा गरिए अनुसारको लगानी आउन नसक्ने उनको भनाइ छ ।
झापाको गौरादहमा नेपाली काँग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित वीपी स्मृति भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनु पर्ने बताए । राजनीतिक स्थायित्व बिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने बताए ।
कुनै पनि देशले लगानी गर्नु पूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ, कोइरालाले भने ती सबै कुरा नभएको देशमा लगानी नआउने बताए । उनले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको कांग्रेस र एमाले मिलेर देशलाई एउटा निकास दिनुपर्ने बताए । मेरो सरकार, तेरो सरकार र सत्ता गठबन्धन भनेर कुनै पनि दल बस्ने अवस्था नभएको कोइरालाले बताए ।
कोही प्रधानमन्त्री भएर पनि अहिले कुनै परिवर्तन नआउने भन्दै अस्थिरताको मूल जड भत्काउन कांग्रेस र एमाले मिल्नैपर्ने तर्क उनको छ । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायित्व बिना आर्थिक बिकास नहुने पनि उनले बताए ।
यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरि छाड्ने अभियानमा लागेको समेत बताए । उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । देश नरहे कांग्रेस र एमाले मात्र भएर वा अरु कुनै दल भएर केही नहुने भएकाले राजनीतिक स्थायित्वका लागि केही गर्नै पर्ने अवस्था आइसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ४, २०८१ शुक्रबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार