‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टी सभापति लड्न पनि छुट छ’ : देउवा
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १६:२४:६
लम्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोसुकैलाई पनि पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन्।
प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए।
‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टीे सभापति लड्न पनि छुट छ।’ उनले आगामी पार्टी अधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने बताए।
उनले भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने जिकिर गरे।
प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाँच्ने मात्रै नभएकाले आफ्नो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाको भनाई थियो। उनले वर्तमान सरकारलाई काँग्रेसले चुनावबाटै प्रतिस्थापन गर्ने दावी गरे।
टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औल्याए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार