जर्मनीमा अन्धाधुन्दा गोली चलाउँदा विमानस्थलमा खैलाबैला, २७ फ्लाइट रद्द
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:४२:१५
१९ कार्तिक, जर्मन । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ ।
शनिबार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो ।
उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो । गोली हानेपछि व्यक्तिले कारबाट दुईवटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।
जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए । प्रहरीले सोसल मिडिया प्लेटफर्म एक्समा छुट्टै भन्यो कि उनीहरूले ठूलो अपरेशन गरिरहेका छन । यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्द गर्नु पर्दा पुरै प्रभावित भएका छन् ।
जर्मन समाचार एजेन्सी डीपीएका अनुसार उत्तरी जर्मन शहर ह्याम्बर्गको एयरपोर्ट यात्रुहरूका लागि बन्द गरिएको थियो र शनिबार राति उडानहरू रद्द गरिएको थियो। जर्मन संघीय प्रहरी प्रवक्ता थोमस गेर्बर्टले डीपीएलाई भने कि घटनास्थलमा आक्रमणकारीको गाडी वरपर ठूलो संख्यामा राज्य र संघीय प्रहरी अधिकारीहरू उपस्थित थिए।
जर्मन संघीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरी कारबाहीमा परे पछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार
मोरक्कोमा किन मारिँदैछ ३० लाख सडक कुकुर ?
माघ ६, २०८१ आइतबार
कलकत्ताको अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या गरेको घट्नामा रोय दोषी ठहर
माघ ५, २०८१ शनिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८१ आइतबार
ट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
माघ ६, २०८१ आइतबार