बेसीँसहर–चामे सडकमा 'अस्फाल्ट' कालोपत्र सुरू
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:५२:९
१९ कात्तिक, लमजुङ । उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङको लाईफलाईनसंग जोडिएको बेंसीसहर–चामे सडक कालोपत्र गर्न सुरू गरिएको छ ।
बेसीसहर(चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मको खण्डमा कालोपत्र सुरू भएको हो । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका(९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिको अस्फाल्ट कालोपत्र गर्न सुरू गरेको हो । अस्फाल्ट प्रविधिको कालोपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।
सडक निर्माण भएको २९ वर्षपछि कालोपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालोपत्र भएको फोटो सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालोपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुनस् एक वर्ष म्याद थप गरि काम अघि बढाईएको छ ।
यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकोमा पछि नेपाली सेनाको कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।
अहिलेपनि कालोपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार