भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्ग पर्यटकीय गन्तव्य बन्दै
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १३:४०:३३
१९ कात्तिक, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
यस मार्गले पर्यटकलाई आकर्षित गरेको बताउँदै दैनिक दुई हजारदेखि दुई हजार तीन सयसम्म पर्यटक दैनिक यहाँ अवलोकन तथा घुम्न आउने गरेका गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। उनका अनुसार उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् ।
अन्नपूर्ण पदमार्गमा आउने पर्यटकसमेत यहाँ आउने गरेका अध्यक्ष गुरुङले बताए । यहाँ आउने पर्यटकले सुरुङ मार्गमा फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने गर्ने गरेका स्थानीय बताउँछन् ।
तीन सय ४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै रमाइलो हुने गरेको पर्यटक बताउँछन् । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा आनन्द लाग्दो रहेछ”, तनहुँबाट सुरुङमार्ग हेर्न आएका सम्झाना घिमिरेले भने ।
विशेष गरी बिदाको दिन विद्यार्थी, कर्मचारी तथा अन्य सर्वसाधारणको भीड हुने गरेको अध्यक्ष गुरुङले बताए । यस सुरुङ मार्ग नजिकै रहेको हामखोला झरनामा समेत पर्यटक आउने गरेका छन् । सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान
असार ९, २०८१ आइतबार
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
असार ९, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार