विद्यालयमै सलको पासो लगाएर झुण्डिए प्रधानाध्यापक
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १६:५४:४६
१९ कात्तिक, सिराहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यामिक विद्यालय तेतरिया जम दहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन् ।
बिहान विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलको पासो लागेको अवस्थामा भेटिएका हुन् ।
बिहानै विद्यालय आएका प्रधानाध्यापक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँची गेटको साँचो मागेका थिए । रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजी गर्दा नभेटेपछि कतै गएको होला भन्ने ठानेर खोजी नगरेको बताइएको छ।
केहीबेरमा कैँची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुन्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए । घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रअहरुले आफन्तलाई बोलाएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शङ्कास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेपलाञ्चोकमा दम्पती मृत फेला
जेठ ९, २०८१ बुधबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार