चिनी लुकाएको थाहा पाएर पनि सरकार मौन बसेको रास्वपाका उपसभापति अर्यालको आरोप
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार ९:२५:१५
२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएर कालोबजारी गर्नेहरुबारे सरकारलाई स्पष्ट जानकारी हुँदा पनि उपभोक्ताप्रति इमान्दारीता नदेखाउँदा जनता मारमा परेको बताएका छन् । सरकारले आफूसँग भएका संयन्त्र समेत परिचालन नगर्नाले उपभोक्ता महंगीको मारमा परेको उनको भनाई छ ।
संसदीय समितिको बैठकमा सोमबार उनले सरकारलाई बजारमा चिनी अभाव सिर्जना गर्ने देखि कालोबजारी गर्नेबारे स्पष्ट जानकारी भए पनि उनिहरुप्रतिको भाव र प्रभावका कारण जनताप्रति इमान्दारीता देखाउन नखोजेकाले आम उपभोक्ता चाडपर्वको बेला मारमा परेको बताए ।
‘महंगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ त्यो पनि थाहा नभएको होइन । त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो । बजार अनुगमनका लागि मान्छे र स्रोतको कमि भएको होइन संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैन्दा ठूलो कुरा सरकार र व्यवसायीको इमान्दारीताको कमी हो ।’
उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरुकै नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका उनले सरकारले भएका संयन्त्र र स्रोत साधनलाई समेत मूल्यवृद्धि नियन्त्रण गर्नका परिचालन नगरेकोप्रति अर्यालले गुनासो गरे ।
उनले भने, ‘चिनी लुकाउनेलाई तपाइँहामी धेरैले चिनिसकेका छौं, नामचाँही भन्दैनौ । दुर्गम जिल्लातिर त पालीका र वडामा नुनपनि पुग्दैन । यी सबमा संलग्न ती मान्छेहरू जसलाई हामीले चिनेका छौ र सरकारकै मान्छेहरू पनि छन् । तिनलाई घचघचाउन पर्छ ।’
उनले उपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ता थिचिनुपर्ने बताए । सरकारले बजार अनुगमनको संयत्र र स्रोत साधनलाई समेत नचाहेरै परिचालन नगरेको उनले बताए । त्यस्तै उनले संसदीय समितिले पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकार गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार