दीपावलीमा पोखरा घुम्न जाने सोचमा हुनुहुन्छ ? नयाँ गाउँ रिसोर्टमा आकर्षक छुट
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १४:३१:४९
२१ कार्तिक, काठमाडौं । कास्की जिल्लाको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा आकर्षक छुट प्याकेजको घोषणा गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले दीपावलीमा आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन् ।
उनका अनुसार यस भन्दा अघि रिसोर्टमा एक दिन बास बस्दा पाँच हजार शुल्क लाग्थ्यो भने अब चाडपर्व लक्षित छुट प्याकेजमा मात्र २५ सय भए आरामले एक दिन बिताउन सकिने छ ।
जङ्गलको बिचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरमसँगै रमाउन सकिने छ । यहाँ बाघको गुफा समेत अवलोकन गर्न पाइने छ । करिब दुई सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा विभिन्न खेलको मज्जा समेत लिन सकिन्छ ।
रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोपेलेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ । भने फोटो खिच्नको लागि रेन्बो पुलको समेत निर्माण गरिएको छ ।
रिसोर्टले एड्भेन्चर खेलहरूमा पनि विशेष छुट दिएको जनाएको छ । चिल्ड्रेन पार्क घुम्नको लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ । त्यस्तै, एरोपेलेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय थियो भने अब दुई सय भए पुग्ने छ । स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने छ र रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ ।
जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन् ।
आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्य सहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालन समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार