व्यवस्थाविरुद्धका गतिविधिले प्रमुख दलमा त्रास
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १७:७:४९
२१ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गण्तन्त्रको विरुद्धमा आउने कुनैपनि विषयलाई मिलेर प्रतिवाद गर्ने भएका छन् । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको बैठकपछि नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताइन् । विभिन्न कोणबाट देखा परेका प्रहारको मिलेर प्रतिवाद गरिने निष्कर्षमा पुगिएको उनले बताइन् । उनले राष्ट्रिय विपतिका बेला सवै दल मिलेर त्यसको सामना गर्ने बताइन् ।
दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेको उनले बताइन् ।
भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुराम प्रतिबद्ध रहेको बताइन् । उनले छिट्टै प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आर्थिक भेलाको आयोजन गर्ने र बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने उनले बताइन् ।
सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ–आफ्नो तर्फबाट धारणा राखेका थिए ।
‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’
त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए । माओवादी नेतृ पम्फा भुसालले परिवर्तनकारी राजनीतिक दलका नेताहरु खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइन् ।
‘यदाकदा, छिटपुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरु छन् तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत रह्यो’, भुसालको भनाइ छ । उनले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड रहेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार