बाहिर राहत दिनेको भिड, सरकारी कोषमा २ करोड ३० लाख मात्र
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार २१:८:१६
२१ कात्तिक, काठमाडौं । जाजकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दुई करोड ३० लाख रुपैयाँ मात्र जम्मा भएको छ । जताततैबाट राहत घोषणा भइरहेपनि सरकारी कोषमा भने आजसम्म २ करोड ३० लाख मात्र जम्मा भएको छ ।
गएको शनिबारयता बैंक खातामा विभिन्न दाताबाट दुई करोड ३० लाख ४७ हजार रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सार्वजनिक विवरणअनुसार कोषमा सबैभन्दा धेरै मिनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यसपछि बुद्ध एयरले एक करोड रुपैयाँ जम्मा गरेको छ ।
यसैगरी मुक्तिनाथ दर्शनले पाँच लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । अन्य शीर्षक राखेर प्रधानमन्त्रीको कार्यालयले १४ लाख ३६ हजार रुपैयाँ जम्मा भएको जनाएको छ । जाजरकोटमा गएको शुक्रबार राति गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार