अस्तामको नौमती बाजा पार्क पर्यटकको रोजाईमा
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १४:३:२६
२२ कात्तिक, गण्डकी । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो ।
बाजापार्क पहिलो पटक देखेको र बाजा समेत बजाउन पाउँदा छुट्टै आनन्द आएको पार्कमा पुगेका बगलुङ जिल्लाको काठेखोला वडा नं. ७ वडाध्यक्ष प्रेम लामिछानेले बताए । गण्डकी प्रदेशस्थित सामुदायिक वन उपभोक्ता महासंघद्धारा आयोजित दुई दिने कानुनी क्षमता अभिवृद्धि तालिममा सहभागी हुन सो क्षेत्रमा पुग्नुभएका लामिछानेले भने, “स्थानीय सरकारका विभिन्न शिर्षकमा जाने बजेटबाट यस्ता मौलिक एवम् पर्यटकीय स्थल निर्माणमा जोड दिनु आवश्यक छ ।”
अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिने सो क्षेत्रसहित नौमती बाजा पार्कको प्रचार प्रसारमा जोड दिनुपर्नेमा उनको सुझाव थियो । पार्कमा सुमधुर तथा शुभ सन्देश दिने नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, भ्mयाली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ । यस क्षेत्रमा आएर बास वस्ने पर्यटकले पार्कमा रहेको बाजा बजाएर रमाउने गरेको स्थानीय नन्दलाल अधिकारीले जानकारी दिए ।
अस्तामस्थित मिस्टिक हाइल्याण्ड रिसोर्टका सञ्चालकसमेत रहेका उनका अनुसार नौ वाद्यवादक कलाकारहरुले सुर र तालका साथै एकैचोटी बजाउने गरिएकाले यो सामूहिक बाजालाई नौमती बाजा भनिएको हो । विशेषगरी आलुमिनियम, तामा, पित्तललगायत धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ ।
नेपालीको मौलिक पहिचान बनेको नौमती बाजाका लागि पोखरा र आसपासमा ख्याति कमाएको अस्तामको बाजा चिरस्थायी राख्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको उनको भनाइ थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिता परिचालन एवम् माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा रु १६ लाखको लागतमा निर्माण गरिएको पार्क चार बर्ष अघिदेखि सञ्चालनमा आएको हो ।
पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डबाट करिव छ मिलोमिरको दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि कुनै पनि टिकट लाग्दैन । सो स्थानसम्म पुग्नका लागि संङ्घीय सरकारको रु २५ करोडको लगानीमा मोटर बाटो स्तरोन्नति गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार