भूकम्पले समाप्त पारिदियो तिहारको रौनक
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १४:४२:४४
सहदेव बस्नेत
२२ कात्तिक, जाजरकोट । तिहारको प्रतीक्षामा रहेकी भेरी नगरपालिका–१ कोलचौरकी हस्ती कामीको उमङ्ग यसपालि बिनासकारी भूकम्पले खोसेर लगेको छ । विदेशमा रहेका छोराछोरी घर आउने र रमाइलो गरी तिहार मनाउने उनको सपना भूकम्पले क्षणभरकै समाप्त पारिदियो ।
जेठा छोरा उदय विक, कान्छो छोरा उत्तर विक र छोरी खिमी विकको प्रतीक्षामा रहेका हस्तीले भूकम्पमा आफ्नी एक बुहारी र ३ नाति, २ नातिनीसहित परिवारका ६ जना परिवारका सदस्य गुमाउनु पर्यो ।
परिवारका ६ जना सदस्य पुरिएको घरको छेउमा उभिएर हस्ती बलौना गरिरहेका छन् । ‘मैले एकैपटक मेरा ६ जना सन्तानको लाश आँगनीबाट विदाई गर्नु पर्यो’ आफ्नो भाग्यलाई दोष दिँदै उनी भन्छन् ।
दुबईवाट घर आएका उदय विक आँगनीमा भक्कानिइरहेका छन् । ‘म मात्र बाँचेर के गर्ने, चाडवाडको मुखमा यो विपत्ति पर्दा आफ्ना लागि तिहार पर्व सधैँका लागि निरास हुनेभयो अब ।’
सोही वडाका रावत गाउँकी उर्मिला रावतले तिहारका लागि गरिरहेको तयारी क्षणभरमै भूकम्पले उजाड बनाइदियो । उनको आफ्ना २ छोरा, २ छोरी र पाहुना लाग्न आएका दुई जनालाई गुमाउनु पर्यो । तिहारमा पकाउने रोटीका लागि पीठो पिस्न गएकाले उनकी बहिनी सन्तोकी रावत बाँच्न सफल भइन् । आफू बाँचे पनि सन्तोकीले आफ्ना २ नाबालक गुमाइन् ।
रावत गाउँकै हरिबहादुर रावत आफ्ना लागि तिहार सदाका लागि अन्त्य भएको दुखेसो गर्छन् । आमा र आफ्ना दाईलाई एकै चिहान बनाएको घरको भग्नावशेषमा उभिएर उनी भक्कानिछन् ।
भेरी नगरपालिका ३ थाप्लेमा तिहारको रौनक छाइसकेको थियो । अरुजस्तै तिहारका लागि आफ्नो तयारीमा लागेकी सुष्मा आरसीलाई भूकम्पले चाडवाड सधैं नरमाइलो हुनेगरी पीडा दियो। उनको प्रिय सन्तान चुँडेर लग्यो ।
भर्खरै पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ्ग पास गरेकी २१ वर्षीया छोरी मेरिना आरसीलाई उनले सदाका लागि गुमाइन् । ‘पर्वको मुुखमा यस्तो पीडा भोग्नुपर्यो’ उनी बिलौना गर्छिन्, ‘अब आफ्ना लागि चाडपर्व सबै निरास हुने भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार