पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १२:२०:२३
२३ कात्तिक, पोखरा । पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् । मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट 'मोजा, टोपी', प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ ।
यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान 'साइपाटा', विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषिउपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्री पनि राखिने भएको छ ।
हाटबजारमा तिहारलाई लक्ष्य गर्दै रैथाने खानाका परिकार 'सेलरोटी, झिलिङ्गा, चिनीरोटी', स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापरलगायत विभिन्न तरकारी पनि बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताए।
उनका अनुसार सो अवसरमा तीन दिनसम्म सयपत्री फूल मेला–२०८० समेत आयोजना गरिनेछ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी जमिनमा सयपत्री फूल लगाएको र उत्पादित फूल पनि बिक्रीमा राखिनेछ । सयपत्री फूलमा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए । प्रमुख कडरियाले भने, “यसपालीको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फूलको दररेटसमेत तोकेको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा फूलको दर तोकिएको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच देखि रु दस, १५ ग्राम तौल भएको एकथुङ्गाको मूल्य रु चार र पाँचदेखि दस ग्राम तौलको फूल रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, रु एक सय ८० र रु एक सय ५० तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य रु चार सय तोकिएको छ ।
श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवर्द्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार